मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
म्याग्दी
२०७६ मङ्सिर २२ आइतबार ०९:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

कालीगण्डकीमा र्‍याफ्टिङको तयारी

Read Time : < 1 मिनेट
म्याग्दी
२०७६ मङ्सिर २२ आइतबार ०९:४९:००

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा व्यावसायिक रूपमा र्‍याफ्टिङ सञ्चालन गर्ने तयारी भएको छ । म्यादी सदरमुकाम बेनीको गलेश्वरबाट र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको हो । 

नियमित र्‍याफ्टिङ सञ्चालन अघि परीक्षणका लागि गत शुक्रबार गलेश्वरको रघुगंगा र कालीगण्डकी नदीको दोभानबाट बेनीसम्म सञ्चालन गरिएको छ । म्याग्दी होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघको पहलमा प्राविधिक टोलीद्वारा परीक्षण र्‍याफ्टिङ गरिएको हो । परीक्षण र्‍याफ्टिङ सफल भएको संघका अध्यक्ष बाबुराम आचार्यले बताए ।

रेजिङ रिभर रनर प्रालिका होमबहादुर पुन र सन्तोष गिरीको टोलीले परीक्षणका लागि कालीगण्डकीमा र्‍याफ्टिङ गरेका थिए । नदीको बहाव र साइड सिनलगायत प्राविधिक रूपमा गलेश्वरदेखि नै बेनी र्‍याफ्टिङका लागि उपयुक्त रहेको टोलीले जनाएको छ ।

कालीगण्डकीको बहाव र छालमा नदी किनारका दृश्य अवलोकनसँगै र्‍याफ्टिङ गर्दा साहसिक एवं रोमाञ्चक हुने जलयात्रा गर्नेहरूको भनाइ छ ।