मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लहान
२०७६ मङ्सिर २२ आइतबार ०८:२६:००
Read Time : < 1 मिनेट
प्रदेश

पौने ६ लाख रकमसहित चार हुन्डी कारोबारी पक्राउ

Read Time : < 1 मिनेट
लहान
२०७६ मङ्सिर २२ आइतबार ०८:२६:००

सिरहाबाट प्रहरीले पौने ६ लाख रुपैयाँसहित चारजना हुन्डी कारोबारीलाई पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार लौकाहाबाट पाँच लाख ७८ हजार रुपैयाँ बोकेर भारतीय नम्बर प्लेटको कारमा चढेर लहानतिर आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–९ का ३२ वर्षीय उमेशकुमार महरा, लहान नगरपालिका १९ का २९ वर्षीय जीवछकुमार साह, २० का ४० वर्षीय श्रीदेव महतो र सुनसरीको रामधुनी नगरपालिका–९ का ३९ वर्षीय श्रवणकुमार चौधरी छन् ।

डब्लुबी ०६ एफ ७२३२ नम्बरको कारमा चढेर लहान आउँदै गरेको अवस्थामा शंका लागेर भगवानपुर गाउँपालिका–१ मा रोकी खानतलासी गर्दा भारतीय मुद्रा पाँच लाख २९ हजार र नेपाली ४९ हजार रुपैयाँ फेला परेपछि तत्काल कारसहित नियन्त्रणमा लिइएको रिजालले बताए । 

प्रहरीले १३ मंसिरमा पनि भगवानपुर बजारबाट ११ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न बिहार मधुवनीका ३० वर्षीय अशोककुमार झा र सिरहाको भगवानपुर गाउँपालिका ४ का ३२ वर्षीय रामशंकर यादवलाई पक्राउ गरेको थियो ।