• ePaper
  • वि.सं २०७५ माघ ९ बुधबार
  • Wednesday, 23 January, 2019
  • Archive

रुपन्देहीमा गोली चल्यो, एककाे मृत्यु

रुपन्देहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका-१० शंकरपुरमा राती भएकाे घटनामा एकजनाकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृतककाे पहिचान खुलेकाे छैन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाका अनुसार मोटरसाइकलमा आएका दुई जनाले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा उनकाे मृत्यु भएको हो । घटना नेपाल भारत सीमा क्षेत्रबाट नजिकैको शंकरपुरमा भएकाे हाे । 

घटनास्थलबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, गोलीका साथै मोटरसाइकल बरामद गरेकाे छ । घटनामा प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनकाे पाखुरामा गोली लागेकाे छ । 

युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकलमा आएका दुईजना मध्ये एक जना फरार रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको नम्बर प्लेटमा माटो दलेर आएका उनीहरु तस्कर हुन् वा अपराधी ठम्याउन नसकिएकाे प्रहरीकाे भनाई छ । 

 

प्रतिकृया दिनुहोस