मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०६:१५:००
Read Time : < 1 मिनेट
खेलकुद

दुवै स्वर्ण भारतलाई

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०६:१५:००

१३औँ सागअन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोल महिलामा भारतले स्वर्णपदक जितेको छ । सातदोबाटोस्थित सुटिङ रेन्जमा शुक्रबार भएको प्रतिस्पर्धामा भारतले टिम र व्यक्तिगत स्पर्धामा  स्वर्ण जितेको हो । भारतकी सरी परमानन्दमले २३८.४ अंकका साथ स्वर्ण जित्दा बंगलादेशकी एड्रिना फिरदोसले २३४.६ अंकका साथ रजतमा चित्त बुझाइन् । पाकिस्तानकी अन्ना इवित्समले २१४.९ अंकका साथ कांस्यपदक हात पारिन् । 

यस इभेन्टमा नेपालका तीन खेलाडीले छनोट चरण पार गर्न सकेनन् । १६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सेरिया केसी १४औँ, सरिता बस्नेत १५औँ र कृष्णा थापा १६औँ स्थानमा रहे । टिम इभेन्टतर्फ भारतले नै स्वर्णपदक जितेको छ । भारतका सरी परमानन्द, अनुराज सिंह र इसा सिंहले स्वर्णपदक जिते । नेपाली टिम प्रतियोगितामा पाँचौँ स्थानमा रह्यो । नेपालका सेरिया केसी, कृष्णा थापा र सरिता बस्नेतको टोलीले १५८३ अंकका साथ पाँचौँ स्थानमा रहेर प्रतियोगिता टुंग्यायो ।

फेन्सिङ
१३औँ सागअन्तर्गत फेन्सिङमा भारतले तीन स्वर्ण जितेको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो । पुरुष इपीमा भारतका सुनील कुमारले स्वर्ण, भारतकै जयप्रकाश गुरुप्रकाश कोपराले रजत तथा बंगलादेशका मोहमद इम्तियाज र पाकिस्तानका सैदुद्दिन अलीले कांस्य जिते ।