१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २१ शनिबार ०७:५३:००
Read Time : < 1 मिनेट
खेलकुद

१७ वर्षीय सुभाषलाई  गल्फमा दोहोरो स्वर्ण

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार ०७:५३:००

गोकर्ण गल्फ कोर्समा शुक्रबार सुभाष तामाङ मुख्य केन्द्रविन्दुमा रहे । प्रतिस्पर्धामा उनले स्वर्ण जित्ने पक्का भइसकेको थियो । विपक्षी खेलाडीमाथि कति स्ट्रोकको अग्रताका साथ स्वर्ण जित्ने भन्ने मात्र बाँकी थियो । लगातार तीन दिन अग्रता लिएका उनले अन्ततः अन्तिम चरणमा १४ अन्तर २७४ स्कोर गर्दै स्वर्णपदक जिते । सुभाषले गल्फ इतिहासमै पहिलोपटक एकल विधामा स्वर्ण हात पारेका हुन् । सुभाष चालू सागमा कम उमेरमा स्वर्ण जित्ने खेलाडी बनेका छन् । उनले १७ वर्षको उमेरमा यो सफलता चुमेका हुन् । 

त्यसपछि टिम इभेन्टको नतिजा आउँदा सुभाषले दोहोरो खुसी पाए । यसमा पनि उनी सम्मिलित नेपाली टोलीले स्वर्ण जित्यो । साग इतिहासमा एकै संस्करण दोहोरो स्वर्ण जित्ने सुभाष चौथोे खेलाडी बनेका छन् । यसअघि करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयुसा शाक्य, स्विमिङकी गौरिका सिंहले दोहोरो स्वर्ण जितेका थिए । 

एकल स्पर्धामा सुभाषलाई बंगलादेशका मोहमद फरादले पछ्याएका थिए । मोहमदले ६ अन्डर २८२ को स्कोरका साथ रजत जिते । नेपालका शुक्रबहादुर राई चार अन्डर २८२ स्कोरका साथ कांस्यमै सीमित भएका छन् । नेपाली टोलीले टिम इभेन्टमा स्वर्ण जित्दा २६ अन्डर पारी खेल्दै ८३८ को स्कोर गर्‍यो । बंगलादेश टिम इभेन्टमा आठ अन्डर ८५६ स्कोर गरी रजतमा सीमित भयो । यसैगरी, श्रीलंका १४ ओभर ८७८ स्कोरका साथ तेस्रो भयो । यता महिलातर्फ श्रीलंकाली खेलाडी ग्रेस यातवारले स्वर्ण जितेकी छिन् । उनले आठ ओेभर २९६ स्कोर गरेकी थिइन् । बंगलादेशकी जाकिया सुल्तानले रजत हात पार्दा २९ ओभर २१७ स्कोर गरिन् ।