मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन पौडेल
२०७५ पौष २९ आइतबार १०:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सर्तसहितको पत्र पठाएपछि सिएमसीबाट  काम नहुने निष्कर्षमा मेलम्ची आयोजना

Read Time : > 1 मिनेट
अर्जुन पौडेल
२०७५ पौष २९ आइतबार १०:१९:००

जनवरीको पहिलो साता फर्किने वाचासहित नयाँ वर्ष मनाउन स्वदेश गएका प्रतिनिधि पठाउनुको सट्टा सर्तसहितको पत्र पठाएपछि सिएमसी दी रेभेन्नाबाट बाँकी काम नहुने निष्कर्षमा मेलम्ची खानेपानी आयोजना पुगेको छ । सिएमसीले दाबी गरेको क्षतिपूर्तिसहित बाँकी सबै वक्यौता चुक्ता गरेपछि मात्रै आयोजनाको बाँकी काम गर्न सक्ने सर्तसहितको पत्र पठाएको हो । उसले वार्तामा बस्न तयार रहेको, तर नेपालबाहिर वार्ता गर्नुपर्ने सर्त राखेको पनि आयोजना स्रोतले जनायो । 

सिएमसीको सर्त मान्न सकिने खालका नभएकाले आइतबार (आज) बैठक बसेर बाँकी काम सक्ने उपायबारे छलफल गरिने मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद खरेलले बताए । ‘तोकिएको समयमा नेपाल फर्केर काम सुचारु गर्नुको साटो नाजायज सर्तसहितको पत्र पठाएको छ,’ खरेलले नयाँ पत्रिकासँग भने, ‘कम्पनीको सर्तबारे छलफल गर्न भोलि (आइतबार) बैठक बस्दै छौँ । तर, पुरानै ठेकेदार कम्पनीबाट काम सम्पन्न हुने देखिएन । छलफल गरेर छिटै वैकल्पिक निर्णयमा पुग्छौँ ।’ 

सिएमसीले भूकम्पपर नाकाबन्दीका वेला काममा असर परेको भन्दै एक अर्ब ६५ करोड क्षतिपूर्ति मागेको छ । तर, मेलम्ची आयोजना ३५ करोड मात्र दिन सहमत छ । अहिलेसम्म गरेको सबै कामको भुक्तानी गरिसकेको पनि आयोजनाले जनाएको छ । तर, सिएमसीले भने बाँकी कामबापत पाउनुपर्ने रकम पनि सुरुमै दिए मात्रै काम सुरु गर्ने सर्त राखेको छ । 

इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजना सम्पन्न गर्न नसक्ने भन्दै १७ डिसेम्बरमै मेलम्ची आयोजनालाई ठेक्का रद्द गर्न लेटर टु टर्मिनेसन बुझाएको थियो । तर, आयोजनाले नबुझेपछि उनीहरू सिन्धुपाल्चोकबाट स्वदेश फर्किन काठमाडौं आएका थिए । भाग्न खोजेका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको टोलीलाई प्रहरीले लाइसेन्स जफत गरेर रोकेको थियो ।

पछि इटालियन दूतावासको पहलमा आयोजनाको बाँकी काम सम्पन्न गर्न कम्पनी सहमत भएपछि सरकारले ग्रेसहित सबै २७ प्रतिनिधिलाई नयाँ वर्षमा घर जान अनुमति दिएको थियो । 

सिएमसीले नेपाली बैंकमा राखेको धरौटी रकममध्ये ६० लाख युरो (७७ करोड ५६ लाख रुपैयाँ) मेलम्ची खानेपानी आयोजनाले जफत गरिसकेको छ । कम्पनीले भने सप्लायर्स र कामदारलाई १ अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन दिन बाँकी छ ।