मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ मङ्सिर २० शुक्रबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार

घुसकाण्ड सार्वजनिक भएपछि दोलखाका सिडिओ हटाइए

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २० शुक्रबार १३:०९:००

घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाललाई शुक्रबार गृह मन्त्रालयले हटाएको छ ।

उनले मुद्दा छिन्ने क्रममा पटक– पटक घुस लिएको खुलेपछि रिजाललाई शुक्रबार मन्त्रालय तानिएको हो । गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ । नयाँ सिडिओ कसलाई पठाउने भन्ने तय भइ नसकेको उनले बताए । रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार घुस लिएका थिए ।

पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो । पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेर सिडिओ घुस लिएको सार्वजनिक गरेका थिए । त्यसअघि पनि विभिन्न मुद्दामा उनले पैसा लिएको खुलेको थियो ।

रिजालमाथि थप छानबिन हुने गृह मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुहाेस : 

दोलखाका सिडिओ विरुद्ध तरुणदलकाे नारा जुलुस

दोलखाका सिडिओले अभियुक्तसँग असुलेको ९० हजार फिर्ता गरे