मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १०:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

रोहितको शतकले जोगिएन भारत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १०:०५:००

अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एकदिवसीय खेलमा ३४ रनले जित निकालेको छ । अस्ट्रेलियाले सिरिजमा १–० को अग्रता बनायो । अस्ट्रेलियाले एकदिवसीय खेलमा एक हजार जित संख्या निकाल्यो । अस्ट्रेलियाले समग्रमा १८५२ एकदिवसीयमध्ये हजार खेल आफ्नो पक्षमा राखेको छ । अस्ट्रेलिया ५९३ खेलमा पराजित भएको छ । 

रोहितको शतक 

सिड्नी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८८ रन जोड्यो । प्रत्युत्तरमा भारतले नौ विकेट गुमाएर २ सय ५४ रन बनायो । भारतका लागि रोहित शर्माले २३औँ एकदिवसीय शतक पूरा गर्दै १ सय ३३ रन बनाएका थिए ।

उनले १२९ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । रोहितको शतकीय इनिङले भारत जित निकाल्न  असफल भयो  । भारतका लागि महेन्द्रसिंह धोनीले ९६ बलमा ५१ रन बनाए । भारतका ओपनर शिखर धवन पहिलो बलमा नै आउट हुँदा कप्तान विराट कोहली ३ रनमा पेभिलियन फर्किए । भारत एक समय ४÷३ को नाजुक अवस्थामा थियो । रोहित र धोनीले चौथो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए । 

१५ सय खेल खेल्ने तीन देश 

एकदिवसीय क्रिकेटमा १५ सयभन्दा बढी खेल खेल्ने तीन राष्ट्र अस्टे«लिया, इंग्ल्यान्ड र भारत रहेका छन् । इंग्ल्यान्डले १८३३ खेल खेलेको छ । इंग्ल्यान्डले ७७४ खेलमा जित र ६१५ खेलमा हार व्यहोरेको छ । भारतले १५९७ एकदिवसीय खेल खेलेको छ  । जसमा ७११ खेलमा जित निकाल्दा ६१५ खेलमा हारको सामना ग-यो ।

धोनीको १० हजार रन 

धोनीले एकदिवसीय खेलमा १० हजार रन पूरा गरेका छन् । उनी १० हजार रन पूरा गर्ने भारतका पाँचाैँ ब्याट्सम्यान हुन् ।