वीरगन्ज विजयी

२०७५ पौष २९ आइतबार १०:००:०० | वीरगन्ज

दोस्रो विशाल गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगन्ज ११ ले शनिबार उद्घाटन खेलमा साउथर्न समितिलाई ३– १ गोलले पराजित गरेको छ । निर्धारित र थप गरिएको समयमा दुवै टोलीले गोलरहित खेल खेले । टाइब्रेकरमा आयोजक वीरगन्जले बाजी मा-यो ।

वीरगन्जका गोलरक्षक दीपेश यादवले टाइबे्रकरमा दुईवटा बचाउ गरे । वीरगन्जका कृष्णा शाक्य, कृपाकान्त चौधरी, सिसेस थापा र अनुज सिंहले गोल गरेका थिए । आइतबारको खेल एपिएफ र हिमालयन शेर्पाबीच हुने छ ।

प्रतिकृया दिनुहोस