मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार ०९:५७:००
Read Time : < 1 मिनेट
खेलकुद

फाइनलमा एपिएफले न्यु डायमन्डलाई हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार ०९:५७:००

विभागीय टोली एपिएफले शनिबार दोस्रो न्यु डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा एपिएफले साबिक विजेता न्यु डायमन्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । च्याम्पियन एपिएफले ३ लाख र उपविजेता न्यु डायमन्डले २ लाख पाएका छन् ।

एपिएफले पहिलो सेट १६–२५ ले गुमाएको थियो । पोखराको टप्स माविलाई पराजित गर्दै पुलिसले तेस्रो स्थान हात पा-यो । पुलिसले टप्सलाई २५–११, २५–२१ र २५–१४ को सोझो सेटमा हरायो । 

चौधरी उत्कृष्ट खेलाडी

प्रतियोगितामा विजेता टोलीकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भइन् । उनले १५ हजार रुपैयाँ हात पारिन् । न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर घोषित भइन् । न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललितानाथ उत्कृष्ट क्विकर घोषित भए ।