मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १९ बिहीबार १६:५४:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा उड्ने र गुड्ने कार सार्वजनिक, खरिककर्तासँग पाइलटको लाइसेन्स आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १९ बिहीबार १६:५४:००

विश्वमा पहिलो पटक उड्ने र गुड्ने कार निर्माण भएको छ । यो कार बुधबार अमेरिकाको फ्लोरिडाको मियामीमा लञ्च भएको हो । यस कारले १२ हजार पाँच सय फिट उचाइमा उडान भर्न सक्दछ ।

यस कारलाई 'पायनियर पर्सनल एयर ल्याण्डिङ सवारी साधन' (पिएएल-भी) नाम दिएको छ । कारले हावामा ३२१ किमी र सडकमा १६० किमी प्रतिघण्टाको रफ्तारमा दूरी पार गर्न सक्दछ । दुई सिट रहेको यस कारमा २३० हर्स पावरको इञ्जिन प्रयोग गरिएको छ ।

लञ्च भएसँगै अहिलेसम्म ७० वटा कार बुकिङ भएको छ । कारको डेलिभरी सन् २०२१ पछि सुरू हुने निर्माता कम्पनीले जनाएको समाचारमा उल्लेख छ । कार खरिदकर्ताले ड्राइभरको लाइसेन्ससहित पाइलटको लाइसेन्स पनि हुनु पर्दछ । कारको मूल्य करिब सात करोड रूपैयाँ राखिएको छ । एजेन्सी