मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
रमेश दवाडी  काठमाडौं 
२०७६ मङ्सिर १९ बिहीबार १५:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बुढीगण्डकी परियोजनाको मुआब्जा व्यवहारिक भएन : कांग्रेस 

Read Time : < 1 मिनेट
रमेश दवाडी  काठमाडौं 
२०७६ मङ्सिर १९ बिहीबार १५:०५:००

बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा निर्धारणमा बिवाद उत्पन्न भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । 

बिहीबार एक विज्ञप्ति निकाल्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रभावितहरूलाई व्यवहारिक र वैज्ञानिक ढंगले मुआब्जा निर्धारण नगर्दा विवाद उत्पन्न भएको बताएका छन् । 

प्रवक्ता शर्माले १६ गते सार्वजनिक गरिएको मुआब्जा निर्धारण फिर्ता लिएर स्थानीयसँग पर्याप्त छलफल गरी न्यायोचित मुआब्जा निर्धारण गर्नुपर्ने बताएका छन् । 

१२०० मेगावाटको परियोजनालई कांग्रेस नेतृत्वको सरकारले निर्माण कार्य अगाडि बढाए पनि वर्तमान सरकारले झन अन्योलमा पारेको शर्माले आरोप लगाए । ‘वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एक पछि अर्को घटनाका साथ अन्यौलमा पर्दै गएको छ’ शर्माले भने ।  

सरकारले स्थानीयलाई विश्वासमा लिनभन्दा झन भड्काउन लागेको प्रवक्ता शर्माले बताए । भने, नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउने तर्फ लक्षीत देखिएको छ ।’