१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १९ बिहीबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री भेट्न राष्ट्रपति टिचिङमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १९ बिहीबार १४:३१:००

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे बुझ्न महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल पुगेकी छन् ।

अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री ओली भेट्न केहीबेरअघि राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् ।

१० गते मङ्गलबार बिहान अचनाक पेट दुखेपछि शिक्षण अस्पताल महाराजगञ्ज भर्नापछि एपेन्डिसाइटिसको अपरेशन गरिएको ओलीलाई यसअघि बिहीबार राष्ट्रपतिले भेट गरी स्वास्थ्यावस्थाको जानकारी लिएकी थिइन् ।