मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका इलाम
२०७६ मङ्सिर १९ बिहीबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार

सीमा रक्षाका विषयमा सबै दल एकजुट : नेता खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका इलाम
२०७६ मङ्सिर १९ बिहीबार १२:३३:००

पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न नदिने र मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिए ।  

 मिचिएको भूमी फिर्ता गर्न सरकारको मात्र प्रयासले सम्भव नभएको भन्दै उनले देशका सबै दल एकजुट भएर दबाब दिनुपर्ने बताए । उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए । उनले भने, 'राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ ।' पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको  महोत्सव सम्पन्न भएको छ । 

महोत्सव १४ मंसिरबाट सुरु भएको थियो । महोत्सवमा स्थानीयले उत्पादन गरेका वस्तुहरु राखिएको थियो । रासस