मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर १९ बिहीबार १०:३२:००
Read Time : < 1 मिनेट
सेयर बजार

बुधबार ८.७३ अंक बढ्यो नेप्से

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार १०:३२:००

बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन ८ दशमलव शून्य ७३ अंक बढेर १ हजार १ सय १४ दशमलव ४७ बिन्दुमा बन्द भएको छ । यस दिन कारोबार भएका १२ समूहको परिसूचक सकारात्मक हुँदा बजार बढ्न पुगेको हो र बिमा तथा लघुवित्त समूहको सहयोग आजको बजारले पाएको हो ।

निर्जीवन बिमाको २ दशमलव ५६, जीवन बिमा समूहको २ दशमलव ८१ र लघुवित्तको २ दशमलव २२ प्रतिशतले परिसूचक बढेको छ । बिमा कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने आशामा सो समूहको परिसूचक बढ्न पुगेको लगानीकर्ता बताउँछन् । मंगलबारको कारोबारबाट बनेको हारामी बुलिस मैनबत्तीले बजार बढ्ने संकेत गरेसँगै बुधबार बजार बढेको छ । बुधबारको कारोबारबाट बनेको सेतो टुप्पी भएको मैनबत्तीले बिहीबार बजार थोरै करेक्सन हुने संकेत गर्दछ । 

१ हजार १ सय १६ दशमलव १३ बिन्दुबाट सुरु भएको परिसूचक सो बिन्दुभन्दा तल नपुगी १ हजार १ सय २८ दशमलव शून्य १ बिन्दुसम्म पुगेको छ । यस दिन सेयर खरिद–चाप बढेकाले कारोबार रकमसहित परिसूचक पनि बढेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५२ अंक बढेर २ सय ४७ दशमलव ८६ बिन्दुमा बन्द भएको छ । 

यस दिन कुल १ सय ६९ कम्पनीको सेयर किनबेचमा १ सय ७ वटाको मूल्य बढेको छ भने ३३ वटाको मात्र घटेको छ । २९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात ३ दशमलव २४ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बुलिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ४७ दशमलव ९९ स्केलमा नेप्से रहेको छ ।