मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका तनहुँ
२०७६ मङ्सिर १९ बिहीबार ०७:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

लागुऔषध गाँजासहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका तनहुँ
२०७६ मङ्सिर १९ बिहीबार ०७:५०:००

एक किलो २६८ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–६ सागबारीका ३१ वर्षीय राजेश परियार छन् । 

विगत लामो समयदेखि लागुऔषध गाँजाको उत्पादन गरी बिक्री–वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा निजको घरमा खानतलासी गर्दा लुकाइछिपाई राखेको अवैध लागुऔषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार कोठाभित्र आफू सुत्ने खाटमुनि बिक्री–वितरणका लागि तयार पारी राखेको एक किलो २६८ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको हो । 

परियारलाई नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐन ०३३ बमोजिम कारबाहीका लागि तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।