Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार २१:५८:००
Read Time : < 1 मिनेट
साहित्य

साहित्यकार कर्णकुमार श्रेष्ठका दुई कृति एकैसाथ विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार २१:५८:००

साहित्यकार कर्णकुमार श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ (साहित्यिक संगालो) र ‘मनको सागर’ (गीतगजल एल्बम) विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा जमलस्थित सांस्कृतिक संस्थानमा दुवै कृति एकै साथ विमोचन गरिएको हो । 

लेखककी कान्छी छोरी गायिका बुनु श्रेष्ठले बुबाका विभिन्न समयका हास्यव्यङ्गय, लघु–कथा र कविता संकलन गरी उस्तै उस्तै मान्छे प्रकाशित गरेकी हुन् । विमोचन कार्यक्रममा लेखक श्रेष्ठका व्यक्तित्व र कृतिमाथि साहित्यकारहरु प्रकाश सायमी, लक्ष्मण गाम्नागे, शिक्षक ईश्वरप्रसाद भण्डारी र संगीतकार राजु सिंहले प्रकाश पारेका थिए ।

गीतगजल एल्बममा ‘मनको सागर’, ‘पाइला पाइलामा’, ‘जूनै जूनको’, ‘आफ्नै जिन्दगीलाई’ लगायत ७ गीत समावेश छन् । गीतमा रामकृष्ण ढकाल, मनोजराज सिवाकोटी, शिव परियार, अन्जु पन्त, बुनु श्रेष्ठ, सजल न्यौपाने र भरतीय गायिका दिपशिखा राहुलको स्वर छ । त्यस्तै एल्बमका गीतमा बि.एन. निरकार, रिदम कँडेल, किरण कँडेलको संगीत रहेको छ । 

नव संगीतकार रामकुमार रिमालको संगीत रहेको ‘मरेको थिएँ’ बोलको गीतमा गायक ढकाल र गायिका राहुलले एकल स्वर दिएका छन् । 

वि.सं २००० सालमा गढीथुम्का, इलाममा जन्मिएका श्रेष्ठको गतवर्ष निधन भएको थियो । श्रेष्ठले करिब ४ दशक शिक्षा क्षेत्रमा समेत योगदान पुर्याएका थिए । यसअघि लेखक श्रेष्ठका नाकको अप्रेशन (हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह), मुखाले पोथी (बाल–कथासंग्रह) लगायतका आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् ।