मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका बुटवल
२०७६ मङ्सिर १८ बुधबार २०:३३:००
Read Time : < 1 मिनेट
समाचार

बुटवलमा साहित्य महोत्सवको तयारी तीब्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ मङ्सिर १८ बुधबार २०:३३:००

बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीको तयारी तीब्र पारिएको छ । 

यही २० देखि २२ मंसिरसम्म हुने महोत्सवमा १० हजार जनाको सहभागिता रहने आयोजक प्रगतिशिल लेखक संघ रुपन्देही शाखाकाे अनुमान छ ।

यस क्षेत्रको साहित्य, कला, संस्कृति, संगीतको वर्तमान अवस्था र भावी कार्यक्रमका सन्र्दभमा बुझ्न तथा लेखकका पुस्तक बिक्री गर्नुका साथै पाठकसँग लेखकको परिचय गराउने उद्देश्य रहेको आयोजकका अध्यक्ष दलबहादुर गुरुङले बताए । पठन संस्कृतिको विकासका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको संघका श्याम पोखरेलले बताए । 

बुटवल साहित्य कला प्रतिष्ठान, हिमालय बुक हाउस र बुटवल हिलपार्क परिषद्को ब्यवस्थापन सहयोगमा हुन लागेको महोत्सवमा विभिन्न साहित्यकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।