१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार

बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित मुआब्जा कम भएको भन्दै आन्दोलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १८:२८:००

बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले जग्गा अधिग्रहण गर्दा तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले बुधबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् । 

सरोकारवालाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट आर्खेत (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रको मूल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । गोर्खाका पूर्व सांसद चिनकाजी श्रेष्ठले सरोकारवालाहरुको माग विपरित धेरै कम मूल्य निर्धारण भएको बताए । यो भन्दा पहिले सहमति गरिएको भएपनि यसपटक सरकारले गैरकानुनी ढंगबाट मूल्य निर्धारण गरेको उनले आरोप लगाए । 

पूर्व सांसद श्रेष्ठले तत्काल सम्बन्धित क्षेत्रका स्थानीयहरुसँग वार्ता गरेर मुल्य निर्धारण पुनरावलोकन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । 

प्रदर्शनका क्रममा सरोकारवालाहरुले ‘अव्यवहारिक मुअब्जा निर्धारण मुल्य मान्दैनौं, घोषित मुआब्जा चाँहिदैन, घरजग्गाको एकमुष्ट मुल्यांकन गर’ लगायतका नारा लगाएका थिए ।