मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १७:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दाङका विजयी सदस्यहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १७:३५:००

भर्खरै सम्पन्न उपनिर्वाचनमा दाङमा विजयी भएका सदस्यहले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

उपनिर्वाचनमा प्रदेशसभाका लागि दाङबाट विजयी सदस्य बिमला वली र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि ताराबहादुर डाँगीले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

वली दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख)प्रदेशसभा सदस्यमा विजयी उम्मेद्वार हुन् भने डाँगी घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदमा विजयी भएका हुन् ।

प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित प्रदेशसभा सदस्य वलीलाई प्रदेशसभा सचिवालयमा एक समारोहकाबीच सपथ ग्रहण गरेका छन् भने डाँगीले घोराही उपमहानगरपालिका कार्यालयमा सपथ ग्रहण गरेका छन् । 

डाँगीलाई नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

वलीले सपथ ग्रहणपश्चात् सञ्चारकर्मीहसँग कुराकानी गर्दै श्रीमानले जनतासामु गरेका बाचा पूरा गर्न लाग्ने वलीले बताइन् ।

यस्तै डाँगीले वडाबासीलाई केन्द्रमा राखेर उनीहको मन जित्ने गरी आपसी सहकार्यबाट विकासका काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।