मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 30 November, 2022
एजेन्सी काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार १७:००:००
Read Time : < 1 मिनेट
विश्व

गुगलका संस्थापक ल्यारी पेज र सर्जे ब्रिनद्वारा पद त्याग

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार १७:००:००

गुगलका संस्थापक ल्यारी पेज र सर्जे ब्रिनले ‘अल्फाबेट’को प्रमुख भूमिकाबाट पछि हट्ने घोषणा गरेका छन् ।

गुगलको कामलाई थप उत्तरदायी र स्पष्ट बनाउने उद्देश्यका साथ अभिभावक कम्पनीको रुपमा अल्फाबेटको स्थापना भएको थियो ।

सन् १९९८ मा गुगल स्थापना गरेका उनीहरुले सन् २०१५ मा गुगलकै कार्यशैलिलाई नयाँ ढंगले अघि बढाउन भनेर अल्फाबेट नामक कम्पनीको स्थापना गरेका थिए ।

ब्रिन अल्फाबेटका अध्यक्ष रहेका थिए भने पेज प्रमुख कार्यकारी अधिकृत रहेका थिए । अल्फाबेटको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पनि अब गुगलका सीइओ सुन्दर पीचाइनै बन्ने भएका छन् ।

सोमबार ‘ब्लगपोष्ट’मा एक विज्ञप्ती जारी गर्दै उनीहरुले भनेका छन्, ‘गुगल र अल्फाबेटलाई दुई सीईओ र अध्यक्ष चाहिएको छैन, अब दुवै कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पीचाई नै हुनेछन् ।’ उनीहरुले सुन्दर पीचाइभन्दा राम्रोसँग कम्पनी चलाउन सक्ने मान्छे अहिलेसम्म अरु नभएको समेत बताएका छन् ।