१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुरन्जन घिमिरे काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १२:०४:००
Read Time : < 1 मिनेट
समाचार

नेकपा सचिवालय बैठकमा उपनिर्वाचन परिणामकाे समीक्षा

Read Time : < 1 मिनेट
सुरन्जन घिमिरे काठमाडौं
२०७६ मङ्सिर १८ बुधबार १२:०४:००

नेपाल कम्युनिस्ट पार्टीको बुधबार भएकाे सचिवालय बैठकमा उपनिर्वाचनको मतपरिणमबारे समीक्षा भएको छ । पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहालले पाएयता उनले डाकेको पहिलो बैठक पार्टी कार्यालय धुम्बराहीमा बसेकाे थियाे ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा उपनिर्वाचनको सामान्य समीक्षा भएका र विस्तृत रुपमा आगामी बैठकमा निष्कर्ष निकाल्ने जनाइएकाे छ । बैठकले ३७ वटा जिल्ला कमिटीलाई उपनिर्वाचनको समीक्षा गरी प्रतिवेदन केन्द्रलाई बुझाउन निर्देशनसमेत दिएको छ ।

आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिनेछ । आगामी बैठक मङ्सिर २३ गते बस्ने श्रेष्ठले बताए ।

बैठकमा प्रचण्डसहित विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ, माधव नेपाल र वामदेव गौतम सहभागी थिए ।

अध्यक्ष ओली उपचारका लागि अस्पताल भर्ना भएका छन् भने पार्टीको कामको शिलशिलामा सदस्य झलनाथ खनाल र ईश्वर पोखरेल काठमाडौंबाहिर रहेका छन् ।

तस्बिर : विष्णु प्रसाद लामिछानेको फेसबुकबाट ।