मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार ०७:३७:००
Read Time : > 1 मिनेट
सेयर बजार

आठ समूह सकारात्मक हुँदा ३.७५ अंकले बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार ०७:३७:००

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन ३ दशमलव शून्य ७५ अंक बढेर १ हजार १ सय १५ दशमलव ७४ बिन्दुमा बन्द भएको छ । यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा आठ समूहको परिसूचक सकारात्मक हुँदा बजार बढ्न पुगेको हो र जीवन बिमा समूह र उत्पादन समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढ्न पुगेको छ । जीवन बिमा कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने आशामा सो समूहको परिसूचक बढ्न पुगेको लगानीकर्ता बताउँछन् । यस दिनको कारोबारबाट बनेको हारामी बुलिस मैनबत्तीले आगामी दिन बजार सुधार हुने संकेत गर्दछ । 

१ हजार १ सय १२ दशमलव शून्य ७ बिन्दुबाट सुरु भएको परिसूचक १ हजार १ सय ११ दशमलव १९ बिन्दुबाट ओर्लिएर १ हजार १ सय १७ दशमलव ८३ बिन्दुसम्म बिन्दुसम्म पुगेको थियो । यस दिन सेयर खरिद–बिक्री चाप दुवै बढेकाले कारोबार रकमसहित परिसूचक पनि बढेको हो । यस दिन सेन्सेटिभ शून्य दशमलव ६३ अंक बढेर २ सय ४६ दशमलव ३४ बिन्दुमा बन्द भएको छ । 

यस दिन कुल १ सय ७२ कम्पनीको सेयर किनबेचमा १ सय ६ वटाको मूल्य बढेको छ भने ३७ वटाको मात्र घटेको छ । २९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात २ दशमलव ८६ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बुलिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ३९ दशमलव ४१ स्केलमा नेप्से रहेको छ । यसले बजारमा न्युट्रन जोन खरिद–बिक्री चाप सामान्य रहेको संकेत गर्छ । 

घोडीघोडाको मूल्यमा सकारात्मक सर्किट
मंगलबार घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट ब्रेक लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ३८ रुपैयाँ कायम भएको छ । केही दिनयता कम्पनीको सेयर मूल्यमा नकारात्मक र सकारात्मक सर्किट लाग्दै आएको छ । कम्पनीले आइपिओ केही महिनाअघि मात्र नेप्सेमा सूचीकृत भएकाले माग बढी रहेको हो ।

दोस्रोमा दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ८ दशमलव १४ प्रतिशत बढेर प्रतिकित्ता ५३ कायम भएको छ । यस दिन साल्ट ट्रेडिङको सेयर मूल्य ५ प्रतिशत घटेर प्रतिकित्ता १ हजार १ सय ८८ रुपैयाँ कायम भएको छ । यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा आठ समूहको परिसूचक बढेको छ भने चार समूहको घटेको छ । बढ्नेमा बैंकिङ, होटेल, जलविद्युत्, निर्जीवन, जीवन बिमा, उत्पादन, लघुवित्त र म्युचुअल फन्ड रहेको छ । साथै, घट्नेमा व्यापार, विकास बैंक, वित्त र अन्य समूह रहेको छ ।