१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार ०७:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग

रोजा कथाहरू सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार ०७:५०:००

साहित्यकार किशोर पहाडीका प्रतिनिधि कथाहरूको संग्रह रोजा कथाहरू सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे, साहित्यकारहरू महेश प्रसाईं, कृष्ण प्रधान, नारायण तिवारी, छविरमण सिलवाल र रमेश सागरले शुक्रबार पुस्तक विमोचन गरे । 

कार्यक्रममा बोल्दै डा. विष्णुविभु घिमिरेले पहाडी र आफू सानैदेखि नजिक रहेर हुर्केको बताए । अहिले पनि प्रत्येक भेटघाटमा साहित्यबारे बहस हुने गरेको उनले बताए । पेसाले सिभिल इन्जिनियर पहाडीका कथामा विचित्र विषयवस्तुहरूको बेजोड प्रस्तुति रहने उनको भनाइ छ ।

साहित्यकार महेश प्रसाईंले कथा, लघुकथा, कविता, संस्मरणलगायतका विधामा कलम चलाउँदै आएका पहाडीका कथा तीसको दशकयताको कोसेढुंगा भएको बताए । पहाडी घटना र पात्रहरूको चयनमा उत्कृष्ट दख्खल राख्ने उनले बताए । पहाडीका यथार्थवादी कथाहरूले पाठकमा उत्सुकता जगाइराख्ने उनको भनाइ छ ।

पहाडीका यसअघि प्रकाशित ६ कथासंग्रहबाट छानिएका कथा यो पुस्तकमा राखिएका छन् । आफूलाई कथाहरू छनोट गर्न निकै कठिन भएको पहाडीले बताए । शिखा बुक्सले सो पुस्तक बजारमा ल्याएको हो । दुई सय ४८ पृष्ठको पुस्तकको मूल्य ३५० रुपैयाँ छ ।