१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १७ मंगलबार ०९:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

सहकारीमार्फत गाउँगाउँमा चामल

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १७ मंगलबार ०९:२२:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय, रुकुम (पश्चिम)ले सहकारी संस्थामार्फत गाउँमै चामल वितरण गर्न थालेको छ । जिल्लाका दुर्गम गाउँका बासिन्दाले सहुलियतमा चामल पाउन थालेका हुन् । सानीभेरी गाउँपालिका–३ पेदीस्थित सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाले सदरमुकामकै मूल्यमा गाउँमै चामल बिक्री गरिरहेको छ ।

सोना मन्सुली, जिरा मसिनो, अरुवा मोटो र अरुवा मध्यम गरी ३० क्विन्टल चामल बिक्री गरिएको सहकारीका अध्यक्ष जगदिश नकालले बताए । सदरमुकामकै मूल्यमा चामल बिक्री गरिरहेको उनले बताए । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरेर चामल गाउँमा पु¥याउन सुरु गरेका छौँ,’ उनले भने । 

त्यस्तै, सानीभेरी गाउँपालिका–५ को असल कृषि सहकारी संस्था र मुसीकोट नगरपालिका–१ को संरक्षण कृषि बहुउद्देश्यीय सहकारी संस्थाले चामल बिक्रीका लागि सम्झौता गरेको कम्पनीका निमित्त शाखाप्रमुख चन्द्रबहादुर खड्काले बताए । अन्य सहकारीसँग पनि सम्झौता गर्ने तयारी भइरहेको उनले बताए । जिल्लाका जुनसुकै ठाउँका सहकारीले पनि सम्झौता गरेर चामल बिक्री गर्न सक्ने उनले बताए । 

सहकारीमार्फत गाउँमै चामल बिक्री हुन थालेपछि नागरिकलाई सहज हुने उनको भनाइ छ । सहकारीमार्फत सबै दिन चामल खरिद गर्न पाउनेछन् ।