मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव
२०७५ पौष १ आइतबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार

प्रादेशिक रंगशाला जनकपुरमा बनाउने निर्णयबिरुद्ध वीरगंजमा चक्का जाम

Read Time : < 1 मिनेट
तिवारी यादव
२०७५ पौष १ आइतबार १८:२८:००

प्रादेशिक रंगशाला जनकपुरमा निर्माण गर्ने प्रदेश सरकारको निर्णयको विरोध गर्दै नेपाल विद्यार्थी संघले आइतबार वीरगंजमा एक घण्टा चक्का जाम गरेको छ । 


नेविसंघ पर्साका सभापती विश्वास द्विवेदीको नेतृत्वमा माईस्थान चोकमा अपरान्ह भएको चक्का जाममा प्रदेश सरकार र मुख्यमन्त्री विरुद्ध नारावाजी समेत भएको थियो ।


नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेलले वीरगंजमा ठुलो रंगशाला हुदाँहुदै प्रदेश सरकारले जनकपुरमा बनाउन लागेकाले विरोधमा उत्रिएको बताए । प्रादेशिक रंगशाला जनकपुरमा बनाउने निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।