मेकअप संवाद
मेकअप मेरो रूचिको विषय होइन । मलाई सिम्पल हुन नै मन पर्छ । कार्यक्रमका समयमा भने हेभी मेकअप गर्नुपर्ने हुन्छ । विशेषगरी, नाइट सो, कन्र्सट आदिमा मेकअप तथा गेटअपमा ख्याल गर्नेुपर्ने हुन्छ ।
रेकर्र्डिङ र सामान्य दैनिकीका वेला आफैँ लाइट मेकअप गर्ने गर्छु । मेकअपमा आइलाइनर, आइस्याडो र लिपस्टिक पहिलो रोजाइ हुन् । युट्युबमा हेरेर आफूसुहाउँदो मेकअप गर्ने गरेकी छु । मेकअपकै लागि भनेर पार्लर जाने गरेकी छैन । मैले चिनेजानेकै आन्टी ब्युटिसियन हुनुहुन्छ । फेसियल भने वेला–वेला उहाँले नै गरिदिनुहुन्छ । सुटिङको समयमा मेकअप आर्टिस्टले मेकअप गरिदिन्छन् । यसबाहेक, मलाई मेकअप गर्न खासै मन लाग्दैन ।
युट्युबमा हेरेर आफूसुहाउँदो मेकअप गर्ने गरेकी छु । मेकअपकै लागि भनेर पार्लर जाने गरेकी छैन ।
मलाई कपाल लामो र स्ट्रिट नै मन पर्छ । हप्तामा दुईपटक कपालमा ओइलिङ गर्छु । भिटामिन ई र नरिवलको तेल मिसाएर कपालमा ओइलिङ गर्छु । हप्तामा दुईपटक हेयर ट्रिटमेन्ट पनि गर्छु । यसले मेरो कपाललाई स्वस्थ, चम्किलो र मुलायम राख्छ ।
गरगहनामा मेरो त्यति रुचि छैन । पार्टीमा पनि कमै सहभागी हुन्छु । यद्यपि, मेरो हातमा दुईवटा औँठी भने कहिल्यै छुट्दैनन् । एउटा चाँदीको औँठी छ । ६–७ वर्षअघिदेखि लगाएकाले होला अब त बानी नै परिसक्यो । मलाई चिन्ने–जान्नेले उक्त औँठी मेरो लक्की चार्म रहेको बताउँछन् । आफूलाई पनि हो किजस्तो लाग्न थालेको छ । त्यस्तै, अर्को औँठी पनि छ । त्यो भने आफ्नो इच्छाले लगाउने गरेकी छु । घडी मेरो अर्को महत्वपूर्ण साम्रगी हो । तर, कार्यक्रममा भने पहिरनअनुसारको आँैठी, माला र एयररिङ लगाउनुपर्ने हुन्छ ।