१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ०८:२०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सदा स्वस्थ रहन...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ०८:२०:००

खराब जीवनशैलीका कारण हामीले दुःख झेलिरहेका हुन्छौँ । तसर्थ सदैव स्वस्थ रहन खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी छ । अब जानौँ, सदा स्वस्थ रहन अत्यावश्यक केही टिप्स ।

  •  सकारात्मक सोचको विकास गरौँ । बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तरिकाले बिताउने संकल्प गरौँ । आफ्नो करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षालगायत कारणले हुने तनाव भगाऔँ ।
  •  मानिस पूर्ण रूपमा स्वस्थ रहन मोटोपनबाट बच्न जरुरी छ ।
  •  नियमित दिनचर्याको ख्याल गर्नुहोस् । खाने, बस्ने, सुत्ने, उठ्नेजस्ता नित्यकर्मको समय निश्चित गर्नुहोस् ।
  •  शारीरिक र मानसिक तवरले स्वस्थ रहन नियमित व्यायाम गर्नुहोस् ।
  •  मानिसले पाँचदेखि आठ घन्टा पूरा निद्रा लिन जरुरी छ । निद्रा पुगेन भने दिनभरि तनाव हुनुका साथै शारीरिक समस्या देखापर्छन् ।
  •  बिहान नास्ता खाने बानी बसाउनुहोस् । यसले दिनभरि ऊर्जा प्रदान गर्छ ।
  •  ध्यान गर्नुहोस्, जसबाट दिमाग तेजिलो हुन्छ । ध्यान साधारण तर शक्तिशाली विधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्छ । नियमितस्वास्थ्य परीक्षण गर्नुहोस्, जसले कुनै पनि समस्याका लक्षण देखिनुअघि नै सचेत गराउँछ ।