१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर १७ मंगलबार ०८:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

टिपरको ठक्करले मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ मङ्सिर १७ मंगलबार ०८:१८:००

भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विक छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

ठक्कर दिएलगत्तै टिपर लिएर चालक भागेका थिए । तर, सडकमा रहेको टिभी फुटेजका आधारमा दुर्घटना गराउने टिपर बा३ख २५३१ रहेको खुलेको प्रहरीले जनाएको छ ।