१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १७ मंगलबार ०८:०६:००
Read Time : > 1 मिनेट
अर्थ

अन्तर्राष्ट्रिय बजारमा कच्चा  तेलको भाउ घट्दा नेपालमा बढ्यो

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १७ मंगलबार ०८:०६:००

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागिरहेका वेला नेपालमा भने वृद्धि गरिएको छ । नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

सोमबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ सय ९ रुपैयाँ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटरमा निर्धारण गरिएको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएकाले नेपाली बजारमा असर परेको बताए । दुई महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढे पनि पछिल्लो एक सातादेखि भने ओरालो लाग्न थालेको छ ।

९ मंसिरमा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य ६४.६७ डलर प्रतिब्यारेल पुगेको थियो । जुन यो वर्षकै उच्च बिन्दु हो । तर, त्यसपछि भने निरन्तर मूल्य घट्दै आएको छ । आइतबार बजार बन्द हुँदा ६२.४३ डलर प्रतिब्यारेलमा कारोबार भएको थियो ।

२८ भदौमा संसारकै सबैभन्दा धेरै तेल निर्यात गर्ने देश साउदी अरबका दुईवटा तेल रिफाइनरीमा आगलागी भएको थियो । त्यसपछि ५८ देखि ६० डलर प्रतिब्यारेल रहेको मूल्य अकासिएर ७० डलर प्रतिब्यारेलसम्म पुगेको थियो । तर, अमेरिकाले सञ्चित परिमाण तुरुन्तै बजारमा निकालेपछि ६६ डलर प्रतिब्यारेलमा आएर रोकिएको थियो । त्यसयता भाउ बिस्तारै ओरालो लाग्न थालेको हो ।

 मूल्य बढाउनु वैज्ञानिक
नेपाल आयल निगमले मंगलबार बिहानदेखि लागू हुने गरी बढाएको मूल्य १२ साउन, ०७६ मा निर्धारण भएको मूल्य हो । त्यतिखेर पनि आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको कारण देखाउँदै पेट्रोल १ सय ९ र डिजेल ९७ रुपैयाँ प्रतिलिटर निर्धारण गरेको थियो । त्यतिखेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ५८.६३ डलर प्रतिब्यारेल थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा भाउ ६२.४३ रहेकाले मूल्य बढाउनु स्वाभाविक भएको निगमको तर्क छ । 

अन्तर्राष्ट्रिय बजारमा यसकारण घटिरहेछ मूल्य
अमेरिकामा कच्चा तेलको भण्डारण बढेको खबर बाहिरिएपछि मूल्यमा गिरावट आउन थालेको हो । अमेरिकन पेट्रोलियन इन्स्टिच्युटलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएअनुसार अमेरिकामा कच्चा तेलको भण्डारण ३६ लाख ब्यारेलले बढेर कुल ४४.९६ करोड ब्यारेल पुगेको छ । अमेरिका र चीनबीचको व्यापारिक युद्ध यतिवेला सुनसान अवस्थामा छ र यो समाधान हुने विश्वास लिइएको छ । 

तेल निर्यातकर्ता देशहरूको संगठन ओपेकले १९ र २० मंसिरमा अस्ट्रियामा बैठक बस्दै छ । उक्त बैठकले हालको उत्पादन परिमाणलाई कटौती गर्ने निर्णय लिन सक्ने अनुमान गरिएको छ । अहिलेको उत्पादनमा कटौती भयो भने मूल्य झन् अकासिने डरका कारण ओपेकको निर्णयअघि नै मूल्य केही तल झरेको हो ।