१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कुसुम गुरुङ गायिका
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ०७:३६:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘सुनमाया’बाट कमब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ०७:३६:००

पुस ०५९ देखि सांगीतिक क्षेत्रमा लागेकी हुँ । संखुवासभा मत्स्यपोखरीको सरस्वती मावि पढ्दा बालगीत रचना गर्थें । ०५९ सालमा काठमाडौं आएपछि नै गायनको औपचारिक थालनी गरेकी हुँ । रामप्रसाद खनालले चलाउने लोकदोहोरी कार्यक्रममा मैले ‘रेलै घुमेर’ गीत गाएकी थिएँ ।

०६१ सालमा रेडियो नेपालबाट रत्यौली गीत ‘ढिकी जाँतो छोरीले गर्नैैपर्ने’मार्फत स्वर परीक्षा उत्तीर्ण गरेँ । यो गीतको शब्द संकलन आफैँले गरेकी हुँ । त्यसपछि ‘भिरमाथिको गाउँ’ बोलको गीत बजारमा ल्याएँ । यो गीतमा शब्द टीका चाम्लिङको थियो भने संगीत पारस मुकारुङको । भीषण मुकारुङसँग युगल गीत थियो, त्यो ।

यस्तै, ०७५ सालमा गौरव गुरुङको शब्द र गणेश गुरुङको संगीतमा लोसारको गीत गाएँ । १२ वर्षपछि ‘सुनमाया मेरो नाउँ’ बोलको लोकगीत लिएर आएकी छु । यसमा मधु गुरुङको शब्द र संगीत छ । म्युजिक भिडियो प्रितम गुरुङले निर्देशन गरेका छन् । यो गीतले संखुवासभाको आञ्चलिकता झल्काउँछ । गायनमा यो मेरो ‘कमब्याक’ हो ।