मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १७ मंगलबार ०७:१६:००
Read Time : < 1 मिनेट
समाचार

शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १७ मंगलबार ०७:१६:००

भानु नगरपालिका–४ स्थित रम्घा बेँसीमा रहेको भानु संस्कृत माविले शिक्षिकाको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ । विद्यालयकी शिक्षिका गीतादेवी आचार्यको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो । 

शिक्षिकाको छोराको बिहे परेको र उनले आग्रह गरेकाले एक दिनका लागि विद्यालय बन्द गरेको प्रधानाध्यापक सूर्य मिश्रले बताए । उनका अनुसार कर्मचारी बैठक बसी विद्यालय बन्द गर्ने निर्णय भएको हो । ‘विद्यालय र भोजभतेर गर्ने ठाउँ नजिकै छ । भोजभतेर गर्ने ठाउँ नजिक भएकाले विद्यार्थीको पढाइमा असर पर्ने ठान्यौँ, त्यसकारण स्टाफ बैठक बसी विद्यालय बन्द गरिएको हो । हिँउदे बिदामा कट्टी हुने गरी बिदा दिएका हौँ,’ उनले भने । बिहेमा बाजा बजाउँदा पढाइमा समेत असर गर्ने भएकाले विद्यालय बन्द गरिएको मिश्रको भनाइ छ ।

शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द गरेको विषयमा आलोचना भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईले कुनै खास चाडपर्वको समयमा बिदा दिन मिल्ने भए पनि विवाहलाई भन्दै बिदा दिनु अनुचित भएको बताए । त्रैमासिक परीक्षा नजिकिँदै गर्दा विद्यालय बन्द हुँदा बालबालिकाको पढाइमा असर परेको अभिभावकको भनाइ छ । भानु संस्कृत माविमा दुई सय १८ जना विद्यार्थी अध्ययनरत छन् ।