१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १७ मंगलबार ०७:१२:००
Read Time : < 1 मिनेट
समाचार

साढे दुई वर्षका लागि चुनिए ५२ जनप्रतिनिधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १७ मंगलबार ०७:१२:००

उपनिर्वाचनबाट रिक्त रहेका चार सांसद र ४८ स्थानीय तहका प्रमुख पदमा पुनः जनप्रतिनिधि निर्वाचित भएका छन् । शनिबार भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ४३ वडाध्यक्ष निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनबाट पाँच राजनीतिक दलका ६ महिलासहित ५२ जनप्रतिनिधि निर्वाचित भएको जानकारी दिए । आयोगले विज्ञप्तिमार्फत सबै निर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना र उपनिर्वाचन सम्पन्न गर्ने सबैलाई धन्यवादसमेत दिएको छ । 

निर्वाचित ५२ मध्ये सत्तारुढ नेकपाका ३० जना छन् । कांग्रेसका १३, समाजवादीका ४, राजपाका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र उम्मेदवार एकजना निर्वाचित भएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य एक, गाउँपालिका प्रमुख तीन, गाउँपालिका उपाध्यक्ष एक र २४ वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले प्रदेश सभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष जितेको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सदस्य एक, समाजवादीले चार र राजपाले तीन वडाध्यक्ष जितेका हुन् । उपनिर्वाचनमा ६ जना महिला निर्वाचित भएका छन् ।