Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : अमुल थापा
२०७६ मङ्सिर १७ मंगलबार ०६:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

दुई बच्चाकी आमा आयशाले पाइन् एकै दिन दुई स्वर्ण

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १७ मंगलबार ०६:१८:००

१२औँ सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए, उनी आफैँलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन । उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि पारिवारिक जिम्मेवारी बढेको थियो । तर, २००६ को कोलम्बो सागमा रजत र २०१० को ढाका सागमा स्वर्ण जितिसकेकी आयशाले यसपटक दोहोरो स्वर्ण जितेर इतिहास रचिन् ।

यसपटक उनले पुम्सेको महिला टिम इभेन्ट्स र एकल स्पर्धामा स्वर्ण जितेकी हुन् । सागमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला हुन् । त्यस्तै, सागमा महिलातर्फ सर्वाधिक दुई स्वर्ण जित्ने संगीना वैद्यको कीर्तिमान भंग गर्दै उनले आफ्नो स्वर्ण संख्या ३ पु-याइन् । ‘१२ औं सागपछि यसरी शशक्त पुनरागमन गर्छु भन्ने कल्पना थिएन,’ सोमबार दोहोरो स्वर्ण जितेपछि आयशाले भनिन्, ‘धेरैले सुझाव दिन्थ्यें । खेल्न छाडेर बच्चा हुर्काउन लाग । तर दीपकले सधैं हौस्याँइरहे ।’

उनका श्रीमान् दीपक विष्ट सागका किर्तिमानी खेलाडी हुन्, जसले लगातार चार संस्करणमा चार स्वर्ण जितेका छन् । विष्ट अहिले प्रशिक्षक छन् । आयशाका अनुसार दीपकले नै तेक्वान्दोमा ‘गेरुगी’ छाडेर ‘पुम्से’ विधा रोज्न लगाएका हुन् । ‘ यो मेरो एक्लो उपलब्धी होइन । मेरो सर्वाधिक ठूलो सफलताको सारथी नै दीपक हुन्,’ दोहोरो स्वर्ण जितेपछि यति भन्दै उनी रुन थालिन् । दुई छोरा आदिश र आधारलाई डोहो-याउँदै दीपक आयशालाई बधाई दिन आए, त्यसपछि दीपकको अंगालोमा बाँधिएपनि आयशाको आँशु रोकिएन । ‘मजस्ता धेरै आमाहरूलाई यसले सफलताका लागि हौसला र आँट मिलोस् । यो मेरो जीवनकै अद्भूत भोगाई हो,’ आँशु पुछ्दै उनले भनिन्,‘ रातदिन मेहिनत गरेको थिएँ । सपना पुरा हुँदा मलाई कहाँबाट कहाँ पुगेजस्तो महसुस भइरहेको छ ।’

गेरुगी र पुम्से यात्रा 
 ‘म होचो भएकाले फाइटमा विपक्षीले त्यसको फाइदा उठाएजस्तो लाग्छ । त्यसैले १२ औं सागमा रजतमै सीमित भएको महसुस हुन्छ,’ केही समयअघि पुम्से विधामा लाग्नुको कारण आयशाले नयाँ पत्रिकासँग खोलेकी थिइन् । यसअघि उनले सागमा जितेका पदक, गेरुगी विधाअन्तर्गत थिए । आयशाको यात्रा पुम्सेमा मोडिएको धेरै भएको छैन । गत वैशाखमा आठौं राष्ट्रिय खेलकुद सुरु हुनभन्दा केहीअघि उनले पुम्से अभ्यास गर्न थालिन् । ‘ प्रयास गरियो भने कुनै न कुनै बाटो फेलापर्छ र एकदिन सफल भन्छ भनेर प्रशिक्षणलाई निरन्तरता दिएँ ।

अहिले हर्षविभोर छु,’ उनले भनिन् । आयशाले आफ्नो सफलताको जस परिवार र प्रशिक्षकलाई दिन चाहिन् । ‘मेरा दुई स्वर्ण दुई छोरा र मेरो परिवारलाई,’ उनले थपिन्,‘ अनि मेरो यात्रामा सहयोग गर्ने आदरणीय गुरुहरू र तमाम शुभचिन्तकलाई ।’आमा बन्नु सफलताका लागि बन्देज होइन, उत्प्रेरणा बन्नसक्छ । उनले यही साबित गरेकी छिन् । ‘जीवनमा हार नमान्नुहोस् । लागिरहनुहोस्, सफलता कुनै दिन हात लाग्छ,’ नयाँ पत्रिकासँगको कुराकानी बिट मार्दै उनले भनिन् ।