१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार २१:११:००
Read Time : > 1 मिनेट
खेलकुद

१३ औँ सागको दोस्रो दिन नेपालको खातामा १५ स्वर्ण (सूचीसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार २१:११:००

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको टुंगाे लाग्दा नेपाल शीर्ष स्थानमा रहेकाे छ । १५ स्वर्णसहित नेपाल शीर्ष स्थानमा रहेकाे हाे । नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको हो । 

यस्तै, भारत र श्रीलंकाले समान ३-३ स्वर्ण जित्दै क्रमश: दाेस्राे र तेस्राे स्थानमा रहेका छन् । पाकिस्तान २ स्वर्णसहित चाैथाे स्थानमा रहँदा बंगलादेश एक स्वर्ण जित्दै पाँचाै स्थानमा रहेकाे छ । प्रतियाेगितामा भुटानले एक कास्य पदक जितेकाे छ भने माल्दिभ्सले खाता खाेल्न सकेन ।

स्वर्ण पदक विजेता खेलाडीहरू (कराते)

एकल काता- मण्डेकाजी श्रेष्ठ
टिम काता महिला- निर्मला तामाङ, संगीता मगर, सरु कार्की
टिम काता पुरुष- मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर
५५ केजी- लक्ष्मण तामाङ
८४ केजीमाथि- विप्लवलाल श्रेष्ठ
४५ केजीमुनी- कुसुम खड्का
५० केजीमुनी- अनु अधिकारी

स्वर्ण पदक विजेता खेलाडीहरू (तेक्वान्दो)

पुम्से (२३–२९ वर्ष)- कमल श्रेष्ठ
पुम्से (१७ –२३ वर्ष)- सिना मादेन लिम्बू
पुम्से (२३ –२९ वर्ष)- पार्वती गुरुङ
पुम्से (२९ वर्षमाथि)- आयसा शाक्य
पुम्से (२९ वर्षमाथि)- आयसा शाक्य र सञ्जितकुमार पाण्डे
पुम्से महिला टिम (१७–२३ वर्ष)- निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिम (२३–२९ वर्ष)- नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई

स्वर्ण पदक विजेता खेलाडी (ट्रायथलन)

सोनी गुरुङ

रजत पदक

कराते (एकल काता)- चञ्चला दनुवार
कराते (८४ केजीमुनि)– दिवस श्रेष्ठ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)- कृष्णबहादुर तामाङ

कांस्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)- अस्मिन राउत र सिना मादेन लिम्बू
तेक्वान्दो पुम्से (२३–२९ वर्ष)- जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथलन

वसन्त थारू