१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १९:०७:००
Read Time : < 1 मिनेट
समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्याे, ग्यासकाे भने यथावत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १९:०७:००

सोमबार मध्य रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ मंसिरदेखि नयाँ मूल्य पठाएसँगै मूल्य समायोजन गरेको नेपाल आयल निमगले जनाएको छ ।

भारतबाट मूल्य बढेर आएकाले नेपाल आयल निगमले पनि पेट्रोल, डिजल र मट्टितेलमा साविकको मूल्यमा प्रति लिटर २ रूपैयाँ वृद्धि गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर एक सय ९ रूपैयाँ (काठमाडौंमा) कायम गरिएको छ । यस्तै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रूपैयाँ कायम गरिएको छ ।

आयल निगमले हवाई इन्धन तथा एल.पी. ग्यासको मूल्य भने यथावत कायम राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि हाललाई हवाई इन्धन र ग्यासको मूल्य यथावत नै राखिएको आयल निगमले जनाएको छ ।