मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १८:४४:००
Read Time : < 1 मिनेट
समाचार

२१ सरकारी अधिकारीलाई भारतमा प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १८:४४:००

नेपाल सरकारमा कार्यरत रहेका २१ अधिकारीहरुको तेस्रो समूहले सोमबारदेखि भारतमा सम्पत्ति शुद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण लिएका छन् । फरिदाबादस्थित नेशनल एकेडेमी अफ कस्टम्स, इन्डाइरेक्ट ट्याक्से एण्ड नार्कोटिक्समा प्रशिक्षण ६ दिन चल्नेछ ।

भारतीय दूतावासका अनुसार नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएको यो एक विशेष कोर्ष हो । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) कार्यक्रमअन्तर्गत रहेको छ । 

यसअघि नेपाली अधिकारीहरुका दुई ब्याचले भारतमा प्रशिक्षण लिएर फर्किसकेको दूतावासका प्रवक्ता अभिषेक दुबेले जानकारी दिए ।