मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १६ सोमबार १७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

छाउ गोठमै महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १६ सोमबार १७:२९:००

अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरको डिग्रेनीगाउँकी पार्वती बुढा (राउत) को छाउ गोठमै मृत्यु भएको छ । महिनावारी भएको समयमा छाउ गोठमा बसेकी बुढा सोमबार बिहान मृत अवस्थामा भेटिएकी हुन् । 

झ्याल नभएको साँघुरो छाउगोठमा आगो बालेर सुत्दा निसासिएर उनको मृत्यु भएको प्रारम्भीक अनुमान प्रहरीले गरेको छ । शरीरमा कुनै चोटपटक समेत नदेखिएकाले मृत्युको अन्य कुनै कारण हुनसक्ने शंका नरहेको घटनास्थल पुगेकी महिला अधिकारकर्मी पशुपति कुँवरले बताइन् । ‘शरीरमा कुनै चोट छैन । धरपकड भएको जस्तो पनि देखिदैन्,’उनले भनिन्,‘मृत्युको अरु कुनै कारण छ जस्तो लाग्दैन ।

घरदेखि सय मिटर टाढा रहेको छाउघरमा सुतेकी २१ वर्षकी बुढा बिहान अबेरसम्म पनि बाहिर ननिस्कीएपछि ढोकाखोलेर हेर्दा मृत अवस्थामा भेटिएकी हुन् । प्रहरीको प्रारम्भीक अनुसन्धाले पनि बुढाको निसासिएर नै ज्यान गएको देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार ७ फिट लम्बाई, ८ फिट चौडाई र ६ फिट उचाई रहेको साँघुरो छाउगोठमा आगोको धुवाले निसासिएर उनको मृत्यु भएको हो । ‘छाउघरको ढोका बन्द थियो, धुवा निकास हुने अरु विकल्प थिएन,’उनले भने,‘अहिलेसम्मको हाम्रो अध्ययनले निसासिएरै मृतयु भएको देखिन्छ ।’ मृतकको सोमबार नै पोष्र्टमाटम गरिएको उनले बताए । 

यो सँगै छाउगोठमा ज्यान गुमाउने महिला तथा किशोरीको संख्या १४ पुगेको छ ।