मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १६ सोमबार १०:३४:००
Read Time : < 1 मिनेट
अर्थ

दबाबमा राष्ट्र बैंकको  नीति बन्दैन : गभर्नर नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १६ सोमबार १०:३४:००

सेजन अवार्डबाट दुई आर्थिक पत्रकार पुरस्कृत, चार सम्मानित

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कसैको दबाब वा प्रलोभनका आधारमा ब्याजदर निर्धारणलगायतका नीतिगत निर्णय नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गभर्नर डा. नेपालले केन्द्रीय बैंकले अध्ययन गरेर मात्रै नीति बनाउने गरेको बताएका हुन् । 

उनले उद्योगीहरूले ब्याजदर महँगो भएको तथा निक्षेपकर्ताले कम भएको गुनासोका बीच ब्याजदर निर्धारणको नीतिगत व्यवस्था गर्ने गरेको बताए । ‘राष्ट्र बैंकले कुनै पनि नीति कसको रिसमा, कसैको ह्विमका भरमा, कसैमाथि चित्त नबुझेर ल्याउने गर्दैन,’ उनले भने, ‘अध्ययन गरेर मात्रै केन्द्रीय बैंकले नीति निर्माण गर्ने गरेको छ ।’

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यापार घाटा घटेको देखिए पनि अझै यो चुनौतीपूर्ण रहेको बताए । त्यस्तै, ब्याजदर खुला अर्थतन्त्रअनुसार नभएको भन्दै उनले यसमा राष्ट्र बैंकले नियमन बढाउनुपर्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले देशमा राजनीतिक मुद्दा सकिएको भन्दै अब आर्थिक क्रान्ति आवश्यक रहेको बताए । 

कार्यक्रममा सेजन अवार्डबाट पत्रकारहरू केदार दाहाल र मातृका दाहाल पुरस्कृत भए । उनीहरूले जनही ५०–५० हजार नगद प्राप्त गरे । यस्तै राजु बाँस्कोटाले हाइड्रो फेलोसिप र रमेशकुमार न्यौपानेले स्वर्गीय सञ्जय न्यौपाने पत्रकारिता फेलोसिप पाएका छन् । सोही कार्यक्रममा वरिष्ठ आर्थिक पत्रकारहरू नितु पण्डित, जुनारबाबु बस्नेत, रामप्रसाद दाहाल र शिव दुवाडीलाई समेत सम्मान गरिएको थियो ।