Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
भीमदत्त नगरपालिका–४ गोबरैयास्थित महाकाली फिलिङ सेन्टरमा सिलबन्दी गर्दै गुणस्तर तथा नापतौल विभागको टोली । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका कञ्चनपुर
२०७६ मङ्सिर १६ सोमबार १०:५१:००
Read Time : < 1 मिनेट
प्रदेश

महाकाली पेट्रोल पम्पमा सिलबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कञ्चनपुर
२०७६ मङ्सिर १६ सोमबार १०:५१:००

गुणस्तर तथा नापतौल विभागले कञ्चनपुरको महेन्द्रनगरस्थित एक पेट्रोल पम्पमा सिलबन्दी गरेको छ । आइतबार विभागले भीमदत्त नगरपालिका–४ गोबरैयामा रहेको महाकाली फिलिङ सेन्टरमा सिलबन्दी गरेको हो । 

कम तेल दिएर उपभोक्ता ठगी भइरहेकाले महाकाली पेट्रोल पम्पमा सिलबन्दी गरेको विभागले जनाएको छ । गुणस्तर तथा नापतौल विभाग धनगढीका प्रमुख दीपेन्द्र रोकायाले १० लिटरमा २ दशमलव ५० मिलिमिटर कम तौेल बिक्री वितरण भइरहेको पाइएकाले सिलबन्दी गरिएको बताए । ‘हामीले तीनपटक तेल नाप्यौँ, ‘उनले भने, ‘तीनैपटक १० लिटरमा २ दशमलव ५० मिलिलिटर कम तेल आयो, यो सरासर उपभोक्तामाथि अन्याय हो ।’ 

विभागले पेट्रोलको भित्र र बाहिर सटरमा ६ टाँचा लगाएको छ । कार्यालय प्रमुख रोकायाले उक्त पेट्रोल पम्पका सञ्चालकमाथि नापतौल ऐन ०२५ र नियम २६ अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए । ‘अहिले हामीले दुवै मेसिनमा सिलबन्दी गरेका छौँ, ‘उनले भने, ‘यो पेट्रोल पम्प अनुसन्धानको घेरामा छ ।’ 

महाकाली फिलिङ सेन्टरका सञ्चालक रणबहादुर चन्दले विविध कारणबाट मेसिनले कम तेल दिएको बताए । उनका अनुसार मेसिनको आन्तरिक समस्या, भोल्टेज र यस क्षेत्रमा रहेका विभिन्न वेल्डिङ सेन्टरका कारण समस्या भएको हो । उनले भने, ‘यो प्राविधिक समस्या भएको होला ।’ उपभोक्ताहरूले भने सत्यतथ्य छानबिन गरी अन्य पेट्रोल पम्पमा समेत अनुगमन गर्न सुझाब दिएका छन् ।