Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका बुटवल
२०७६ मङ्सिर १६ सोमबार ०९:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्युतीय बस सञ्चालन गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ मङ्सिर १६ सोमबार ०९:५८:००

सुन्दर यातयात प्रालिले प्रदेश ५ मा विद्युतीय सवारी सञ्चालनमा ल्याउने भएको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा छिटै बस सञ्चालनको तयारी सुरु गरेको सुन्दर यातायातले पहिलो शाखाको रूपमा बुटवलमा कार्यालय पनि स्थापना गरेको छ । 

प्रालिका अध्यक्ष भेषबहादुर थापाका अनुसार अहिले काठमाडौंमा सञ्चालित विद्युतीय बसलाई देशैभरि सञ्चालन गर्ने लक्ष्यअनुसार बुटवललगायतका सहरमा सञ्चालनको प्रक्रिया सुरु भएको छ । कम्पनीले विद्युतीय बस तथा कारको सञ्चालन, बिक्री वितरण र एसेम्बल गर्नेसमेत उद्देश्य राखेको उनले बताए ।

प्रालिका अध्यक्ष थापाले सुविधासम्पन्न सार्वजनिक सवारीसाधन सञ्चालन गर्न लागिएको बताए । उनले आफ्नै देशमा उत्पादन भएको बिजुलीबाट गाडीहरू सञ्चालन गर्नु सुखद पक्ष रहेको बताए । उनले दर्ता प्रक्रियालगायतका काममा प्रदेश सरकारले सघाउनुपर्ने बताए ।

रुपन्देहीमा एक अर्बको परियोजना
चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बिएके कम्पनी र प्रालिको संयुक्त लगानीमा विद्युतीय बस, ट्याक्सीको एसेम्बल र निर्माण गर्ने लक्ष्य राखेको सञ्चालक डिआर घिमिरेले बताए । कम्पनीले आगामी ६ महिनाभित्र रुपन्देहीको प्रस्तावित औद्योगिक क्षेत्रमा यसको प्रक्रिया अगाडि बढाउने भएको छ । सो परियोजना एक अर्बको हुने घिमिरेले बताए । उनले वातावरणमैत्री सार्वजनिक सेवा सञ्चालन हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताए । 

भाडा कम हुने
नेपालमा उत्पादन हुने यस्ता सवारीसाधनको अधिकतम प्रयोगले पेट्रोलियम पदार्थको आयात घटाउनुका साथै स्वदेशमा उत्पादन हुने विद्युत्को खपतमा सहयोग पुग्ने विश्वास सञ्चालकहरूले लिएका छन् । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने यातायातको तुलनामा विद्युतीय बसको भाडादर पनि कम हुने बताइएको छ । प्रालिले बुटवलपछि विराटनगरमा पनि बस सञ्चालनको तयारी थालेको र अर्को साता त्यहाँ कार्यालय स्थापना गर्ने भएको छ ।