मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १६ सोमबार ०८:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

मेस्सीको गोलमा बार्सिलोनाको महत्वपूर्ण जित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १६ सोमबार ०८:४१:००

ला लिगाअन्तर्गत आज बिहान भएको खेलमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बार्सिलोनाका लागि एक मात्र गोल मेस्सीले गरे । 

पहिलो हाफ केही दबाबमा देखिएको बार्सिलोनाले दोस्रो हाफमा भने लयमा फर्किएको थियो । दुवैतर्फबाट गोलका केही प्रयास भए पनि खेल सकिन ४ मिनेट बाँकी छँदा स्वारेज पासमा मेस्सीले गरेको गोल नै निर्णायक भयो । एट्लेटिकोको मैदानमा भएको खेलको पहिलो हाफ निकै रोमाञ्चक बनेको थियो । खेलको सुरुवातबाटै पाहुना टोलीलाई दबाबमा राख्न सफल एट्लेटिकोले गोलका निकै राम्रा मुभमेन्ट बनाए पनि बार्सिलोनाका गोलकिपर टेर स्टेगन बाधक बने । 

जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि रियल म्याड्रिड दोस्रो स्थानमा झरेको छ । दुवै टोलीले १४ खेलबाट ३१ अंक बटुलेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेको सेभिल्लाले १५ खेलबाट ३० अंक बनाएको छ ।