Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सागर रिजाल प्युठान
२०७६ मङ्सिर १५ आइतबार १६:३३:००
Read Time : < 1 मिनेट
समाचार

प्युठानको ऐरावती गाउँपालिकामा झिनो मतले कांग्रेस पराजित

Read Time : < 1 मिनेट
सागर रिजाल प्युठान
२०७६ मङ्सिर १५ आइतबार १६:३३:००

प्युठानको ऐरावती गाउँपालिका १ मा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का उम्मेदवार द्रोण पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमर रेस्मी मगरलाई नौ मतको झिनो मतान्त्ररले पछि पार्दै पाण्डे विजयी भएका हुन् । 

विजयी उम्मेदवार पाण्डेले ६ सय ९६ मत प्राप्त गरे भने मगरले ६ सय ८७ मत प्राप्त गरेका थिए । यस वडामा एक हजार तीन सय ९७ मत खसेको थियो । जसमा १४ मत बदर भएको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए ।