मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १५ आइतबार १५:४२:००
Read Time : < 1 मिनेट
प्रवास

पत्रकार महासंघ युएईको अध्यक्षमा खनाल सर्वसम्मत चयन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार १५:४२:००

नेपाल पत्रकार महासंघ युएई शाखाको अध्यक्षमा लक्ष्मण खनाल निर्वाचित भएका छन् । गल्फमा करिब एक दशक बिताएका उनी शाखाको शुक्रबार सम्पन्न पाँचौ अधिबेशनमा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिँदै नेपाल पत्रकार महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्द आचार्यले सम्बन्धित देशको कानुनी अधिनमा रही काम गर्न आग्रह गरेका थिए । त्यस्तै, अधिबेशनमा निर्वाचित उपाध्यक्षमा मेघराज सापकोटा , सचिवमा मोहन बस्याल, सहसचिवमा राम ढुंगेल, कोशाध्यक्षमा माधव न्यौपाने, सदस्यहरु हरि दुलाल, खिमलाल पाण्डे, राम कुमार परियार, प्रिथी छक बुढा रहेका छन् । 

राष्ट्रिय परिषद सदस्यमा निमेश गिरी र सल्लाहकारहरु हरि नेपाली र एकेन्द्र बहादुर थापा रहेका छन् ।