१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन लोचनमगर 
२०७५ पौष २८ शनिबार २०:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

राेल्पामा भएकाे ट्याक्टर दुर्घटनामा एक जनाकाे ज्यान गयो

Read Time : < 1 मिनेट
नवीन लोचनमगर 
२०७५ पौष २८ शनिबार २०:२०:००

ट्याक्टर दुर्घटना हुँदा रोल्पामा एकको ज्यान गएको छ । शनिबार परिवर्तन गाउँपालिका, ६ कर्तमका १९ वर्षीय टोपेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सहचालक उनको उपचारको क्रममा मृत्यु भएको हो । 

कर्तमबाट चामल बोकेर बागमारा जाँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । ना ४ त ५३८४ नम्बरको ट्याक्टर ओरालो सडकमा दुर्घटना भएको र ट्याक्टर सडकबाट २० मिटर तल खसेको हाे । एकमहिनाको अवधिमा रोल्पामा सडक दुर्घटनामा ४ जनाले ज्यान गुमाइसकेका छन् ।