मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १९:५८:००
Read Time : < 1 मिनेट
समाचार

औद्योगिक क्षेत्र व्यवस्थापनको जिम्मा प्रदेशलाई दिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १९:५८:००

औद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्मा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई दिनुपर्ने प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् । शनिबार हेटौँडामा भएकाे उद्योग संघकाे १७औँ साधारणसभामा मुख्य मन्त्री पाैडेलले रोजगारी वृद्धिका लागि औद्योगिक विकास र लगानीमैत्री कानूनको आवश्यकता पूरा गर्ने जिम्मेवारि प्रदेश सरकारलाई  दिन छलफल भइरहेको जानकारी गराए ।

उद्योग संघ अध्यक्ष नवराज अर्यालले औद्योगिक क्षेत्र संघीय सरकारबाट प्रदेश सरकार मातहत ल्याउनुपर्ने, एकद्वार प्रणाली अपनाउन पर्ने, औद्योगिक क्षेत्रमा उद्योगले प्रयोग गर्ने जग्गा न्यून भाडामा ९९ वर्षको भोगाधिकार दिनुपर्ने, उद्योगलाई पाँच वर्ष कर छुट दिनपर्ने ११ बुँदे माग प्रदेश सरकारसँग राखेका थिए ।