मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटो
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १४ शनिबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १४ शनिबार २०:१२:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका छन् । उनले अप्रेसन गरी आइसियूमा रहेका प्रधानमन्त्री ओली चाँडो निको हुने विश्वास गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीको उपचारका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले पत्रमा भनेका छन्, 'नेपाल नजिकको साथी भएको नाताले भारतीय सरकार र जनताले उनको उपचारका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध छ ।'

उनले नेपाली समकक्षी ओलीको नेतृत्वमा दुवै देशका जनताले ठूलो लाभ पाएको र आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।