Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई  महाराष्ट्र
२०७६ मङ्सिर १४ शनिबार १७:०३:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा बस दुर्घटनामा सातको मृत्यु, दुई दर्जन घाइते 

Read Time : < 1 मिनेट
रासस/एएनआई  महाराष्ट्र
२०७६ मङ्सिर १४ शनिबार १७:०३:००

भारतमा शनिबार राति भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । 

राति साढे १२ बजे भएको दुर्घटनामा अन्य २४ भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

धुले जिल्लाको भिन्चर क्षेत्रमा रहेको भोरी नदीको पुलबाट गाडी नदीमा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।  

घटनाबारेमा थप अध्ययन अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।