मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर १४ शनिबार ०९:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चितवनमा सिसी क्यामेराको निगरानीमा निर्वाचन 

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १४ शनिबार ०९:४५:००

चितवन जिल्लामा भइरहेको उपनिर्वाचनको सिसी क्यामेराले निगरानी गरिराखेको छ । भरतपुर महानगरपालिका(१६ र खैरहनी नगरपालिकाको( ४ र ५ मा अहिले उपनिर्वाचन भइराखेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार वडाहरुको मतदानदेखि गणनास्थलसम्म सिसि क्यामराको निगरानी रहने छ । मतदान केन्द्र रहेका कतिपय विद्यालयमा यसअघि भएका सिसी क्यामेरा र नभएका ठाउमा आवश्यकतानुसार जडान गरिएको थियो।

चितवनमा ३ वडा अध्यक्षको लागि हुन लागेको निर्वाचनमा १३ जनाको उम्मेदवारी छ । तीन वडा मध्ये खैरहनीका दुईवटै वडामा यस अघि नेपाली कांग्रेसले वडाअध्यक्षले जितेका थिए भने भरतपुर–१६ मा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार भरतपुर–१६ मा पाँच राजनीतिक दलबाट पाँचजना उम्मेदवार छन । भरतपुर–१६ को वडाअध्यक्षका लागि नेकपाबाट भक्तराज हमाल, नेपाली कांग्रेसबाट अमृत हमाल, राष्ट्रिय नागरिक पार्टीबाट धनप्रसाद घले, राप्रपा संयुक्तबाट विष्णु त्रिपाठी र समाजवादी पार्टीबाट अम्बरबहादुर थापाको उम्मेदवारी छ ।

त्यसैगरी खैरहनको वडा नम्बर ४ मा नेकपाबाट बेदबहादुर अधिकारी, कांग्रेसबाट देवबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनुज अधिकारी र राप्रपा संयुक्तबाट सीताराम थापाको उम्मेदवारी छ  भने खैरहनी–५ मा नेकपाबाट पूर्णनारायण प्रधान, कांग्रेसबाट प्रतिमा कार्की, समाजवादी पार्टीबाट बिकन महतो, राष्ट्रिय नागरिक पार्टीबाट बलराम चौधरीको उम्मेदारी छ। चितवनमा १३ हजार २ सय ८४ जनाले मतदान गर्दैछन् ।

जस मध्ये ८ हजार ४ सय ८१ जना भरतपुर महानगरपालिका वडा नम्बर १६ का हुनन् भने बाँकी ४ हजार ८ सय ३ जना खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का हुन । जिल्लामा हुने उपनिर्वाचनको लागि १५ वटा मदान स्थाल समेत घोषणा भएको छ । निर्वाचनको सुरक्षाको लागि निर्वाचन आयोग र जिल्ला सुरक्षा समन्वय समिति विचमा सहकार्य भएको छ ।

मतदान पछि भरतपुर महानगरपालिका(१६ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको चितवन जिल्ला अदालत परिसर र खैरहनीको पुरानो नगरपालिका भवनमा मतगणना हुनेछ ।