मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०७६ मङ्सिर १३ शुक्रबार ०९:४३:००
Read Time : < 1 मिनेट
विश्व

दिल्लीको वायुको गुणस्तरमा सामान्य सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नयाँदिल्ली
२०७६ मङ्सिर १३ शुक्रबार ०९:४३:००

राजधानी नयाँदिल्लीको वायुको गुणस्तरमा सुधार आएको छ । वायुको गुणस्तरमा सुधार आएसँगै दिल्लीवासीले केही राहत अनुभूति गरेका छन् । अहिले ‘भिजिबिलिटी’को अवस्थामा निकै सुधार आएको छ । दिल्लीको वातावरण तुलनात्मक रूपमा केही स्वच्छ देखिएको वातावरणसम्बन्धी एक अधिकारीले बताएका छन् । 

पछिल्ला दिनमा सास फेर्न सहज भएको सर्वसाधारणले बताएका छन् । ‘श्वासप्रश्वासमा कठिनाइ महसुस हुन्थ्यो, तर अहिले त्यो कम भएको छ, अहिले म नियमित हिँड्न सक्छु,’ एक सर्वसाधारणले भने । 

अनुराग नाम गरेका एक व्यक्तिले वायुको गुणस्तरमा सुधार आएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘पहिलाभन्दा धेरै सुधार भएको छ, तर अहिले पनि धुवाँ त देखिएको छ, यसमा अझै पनि सुधार आवश्यक छ ।’

केन्द्रीय प्रदूषण नियन्त्रण विभागका अनुसार बिहीबार बिहान नौ बजेतिर नयाँदिल्लीको आनन्द विहार, अया नगर, जवाहरलाल नेहरू रंगशालालगायत स्थानको वायुको अवस्थामा सुधार आएको छ । 

यसअघि केही हप्तासम्म दिल्लीको वायुको गुणस्तर विश्व स्वाथ्य संगठनले तोकेको मापदण्ड भन्दा निकै खस्किएको थियो । प्रदुषणका कारणसवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको थियो भने विद्यालय बन्द गरिएका थिए ।